सैघाली खबर
दाङ, १५ माघ ।घोराही उपमहानगरपालिकाले नगरको ४० औँ स्थापना मनाएको छ ।दिवसका अबसरमा विभिन्न क्षेत्रका तीन पत्रकार सहित विभिन्न व्यक्तिहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ । उपमहानगरले गोरक्ष दैनिकका शुलोचना गौतम ईन्द्रेणी अनलाईनका केशरमान बिसीलाई र
रेडियो मध्यपश्चिमकर्मी विमला घर्ती सहित एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान एवं पुरस्कृत गरेको हो । नगरको बिकासमा सञ्चार क्षेत्रबाट पु¥याएको योगदानको सम्मान गर्दै मध्यपश्चिमकर्मी घर्तीलाई प्रदेस सांसद अमरबहादुर डाँगी र नगर प्रमुख नरुलाल चौधरीले नगद ३ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गर्नुभएको हो ।पनि उपमहानगरले सोही राशी सहित पुरस्कृत गरेको छ । उपमहानगरले एक सय बर्ष पुगेका ४ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
घोराही १४ निबासी १ सय ७ बर्षिय हरीप्रसाद श्रेष्ठ, १ सय ५ बर्षिया सानीकुमारी रावत, घोराही ३ निबासी १ सय ५ बर्षिय गंगाराम चौधरी र घोराही १८ निबासी १ सय बर्षिया विनीकुमारी रोकलाई जनही २ हजार ५ सय रुपैयाँ, दोसल्ला, एक थान लौरो र सम्मान पत्र प्रदान गरिएको छ ।त्यसैगरी २०७३ सालको एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । पद्मोदय पब्लिक नमुना माबि भरतपुरका ए प्लस ल्याउने बसन्त सुबेदी, सुधिर भण्डारी, सन्देश रिजाल, सलोन अधिकारी, विबेक शर्मा, दलित तर्फ सरा प्रधान नेपालीलाई उपमहानगरले पुरस्कृत गरेको छ ।
त्यस्तै ए ग्रेड ल्याउने बालबिकास माविका गौरब विक र मावि रतनपुर हापुरका विष्णु नेपालीलाई पनि उपमहानगरले पुरस्कृत गरेको छ । त्यसैगरी कर्मचारी प्रोत्साहन तर्फ दिर्घ सेवा कर्मचारीकारुपमा सेरबहादुर थापा र कुमारसिंह पुनमगरलाई जनही ३ हजार रुपैयाँ र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
उपमहानगरले फोहोर मैला व्यवस्थापनमा उत्कृष्ठ काम गरेको भन्दै विभिन्न टोल बिकास संस्थाहरुलाई पुरस्कृत गरेको छ । भृकुटी नगर टोल, सरस्वती टोल, रामजानी टोल, पिपलवोट टोल, काठेकोल टोल, नौलो टोल बिकास संस्थालाई र सरसफाईमा कर्मचारी राख्ने टोल विकास संस्थाहरुलाई उपमहानगरले पुरस्कृत गरेको छ ।
स्थापना दिवसको अबसरमा साहित्य तर्फ डा. गोबिन्द आचार्य, कला तथा संस्कृती तर्फ लालप्रसाद चौधरी, बालबालिका तर्फ हिमालय शान्ति र बिकास अभियान संस्था र शान्ति बाल गृह पर्सालाई सम्मान गरेको छ । यस्तै महिलाको अधिकार र न्याय तर्फ शौभाग्य महिला बचत तथा ऋणसहकारी संस्था र जागृती बचत तथा ऋण सहकारी संस्थालाई पनि उपमहानगरले सम्मान गरेको छ ।
उपमहानगरले उत्कृष्ठ करदाताहरु धु्रबकुमार श्रेष्ठ, गोबिन्दबहादुर चौधरी, पूर्णबहादुर बुढामगर, रिता श्रेष्ठ, रमेशकुमार राज भण्डारी र भुकम्प प्रतिरोधी घर निर्माणकर्मी दिपकबहादुर चौधरीलाई पनि सम्मान गरेको छ ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।