कोरोनाको सिनेमा सात भाग



राज कुमार कार्की

🌹🌹”कोरोनाको सिनेमा सात भाग”🌹🌹

भन्छन् ऐले सात भाग छ रे है त यो कोरोना!
रोगले भन्दा भोकले लागे अब जनता मरण।।

पहिलो र दोस्रो भागले त आक्रमण गर्‍यो घाँटीमा।
त्यस पछि फैलिएर आक्रमण गर्‍यो है छातीमा।।

आक्रमण बाट बच्न सके उत्साह हुने थियो मानव जातिमा।
बच्न नसके त मिल्नु पर्ने रहेछ अन्तिम विकल्प माटीमा।।

खादै बसेकाछौ तातोपानी बेसार बलौतीको पात।
अब त मार्ने बचाउने सब उनै श्री पशुपतिनाथकै हात।।

तेस्रो कहर आयो रे भारतका मानव जाति बस्ने बस्ती वन पाखामा ।
कस्तो पापी त्यो त्यसले त सिधै आक्रमण गर्छ रे आँखामा।।

एक वर्षमा एक भाग सकिन समय लाग्नेरहेछ सिनेमा।
को हुन कुन पापी छन् यसको टिकट काटेर बेचेर फाइदा लिनेमा?

सात भाग सकिन सात वर्ष लाग्ने रहेछ भन्छन् सिनेमा।
हाम्रा आफ्नै काका पनि थिए रे यसको फाइदा लिनेमा।।

कहाँ छायांकन भयो यो कोरोना भन्ने सात भागको सिनेमा ?
को होला कुन्नि यसमा लगानी गरेर यत्रो फाइदा लिनेमा।।

टिकट झुन्ड्याइ दिन्छ यसले पि सि आर को मानव घाँटीमा।
टिकट किन्न नमान्नेहरुलाई एक एक गरि मिलाइ दिन्छ माटीमा।।

यो त भाइरस हो कि त होला है कि त किटाणु।
जे भए पनि त मानवलाई आक्रमण गर्ने रहेछ विषाणु।।

यदि बिज्ञानले ठोकुवा गरि हो नै यो भन्छ भने भाइरस।
किन बनाउन सकेन त त्यसले फेरि हजुर एन्टिभाइरस?

ट्याउट्याउ गरि अब यस्तो हुन्छ भनि कराउछ डब्लूएचओ भन्ने ज्योतिषी।
यो सिनेमा बनाउने यही हो कि क्याहो बुझ्नु कुरो यति भने पछि।।

के सात वर्ष सम्म घरमै लुकेर बस्न सक्छ त मानव जाति?
साढे सातको वज्रपात पर्‍यो है कठै अब मानव माथि।।

🌹🌹धन्यवाद ।🌹🌹

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्