राष्ट्रिय सभा सदस्यमा ५ नं. प्रदेशबाट तीन महिला निर्विरोध निर्वाचित



सैघाली खबर
दाङ , १५ माघ । राष्ट्रियसभा सदस्यमा ५ नं. प्रदेशबाट तीन महिला निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा महिला समुहबाट तीन जना महिलाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ को दफा २५ बमोजिम निर्वाचित भएको घोषणा गरिएको रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार नेपाली कांगे्रसका तर्फबाट अनिता देबकोटा दाङ, एमाले तर्फबाट कोमल ओली दाङ र मिना बुढा रोल्पाबाट सर्व निर्वाचित भएको बताउँनुभयो । निर्वाचित भएपछि संचारकर्मी संग कुरा गर्दै राष्ट्रियसभा सदस्य अनिता देवकोटाले मुलुकमा नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको वताउँदै ागरिकलाई लोकतन्त्रको प्रत्याभुति प्रदान गर्नु मुख्य भुमिका रहने उल्लेख गर्नुभयो ।अबको लक्ष्य प्रजातान्त्रीक समाजवादमार्फत आर्थिक समृद्धि हासिल गर्ने बताउँदै विपी मूल सिद्धान्तमा समर्पीत रही यो प्रदेश र समग्र राष्ट्रका शोषित,पिडीत,उत्पीडित जनताको सेवामा यो कार्यकाल समर्पीत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दाङलाई स्थायी प्रादेशिक राजधानी वनाएर यो भुगोललाई न्याय प्रदान गर्न प्रदेश सभा सदस्यहरुले विवेक सम्मत निणर््ाय गर्नु समेत धारणा राख्नु भयो । अर्का राष्ट्रिय सभा सदस्य कोमल ओलीले अबसर र चुनौतिका बिचमा पनि जनतामा जाने वताउनु भएको छ । सामाजिक विभेद, महिला विभेद आम नागरिकको समस्या संग केन्द्रित हुने वताउँदै राष्ट्रियसभाको गरिमा जोगाउँनका लागी भुमिका खेल्ने वताउँनुभयो । प्रत्येक नागरिकको आबश्यकतामा आधारमा अगाडी बढ्ने उल्लेख गर्दै समाजमा समानता कायम गर्न आफुले भुमिका निर्वाह गर्ने वताउँनुभयो । यस्तै राष्ट्रिय सभा सदस्य मिना बुढाले प्रदेशको आबश्यकतामा आधारमा अगाडी बढ्ने उल्लेख गर्नु ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्