भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ३८९ संक्रमित थपिए



कोरोना संक्रमणको दोस्रो लहरका बीच भारतमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको हुने बिरामीको संख्या धेरै छ । । मंगलबार ३ लाख ४८ हजार ३८९ संक्रमितको पहिचान भएको छ र ३ लाख ५५ हजार २५६ संक्रमित निको भएका छन् ।

यसअघि सोमबार ३ लाख २९ हजार ४९१ संक्रमित भेटिएका थिए र ३ लाख ५५ हजार ९३० बिरामी निको भएका थिए ।
पछिल्लो २४ घण्टामा ४,२०५ संक्रमितको ज्यान गएको बीबीसी हिन्दीले जानकारी दिएको छ । लगतार तेस्रो पटक मृतकको संख्या ४ हजार पार भएको छ । पछिल्लो दुई दिनमा पनि सक्रिय संक्रमित पनि करिब ४२ हजार घटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्