सुनको मूल्य तोलामा तीन सयले घट्यो



काठमाडौं । लगातार केही समयदेखि बढिरहेको सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घट्दै ९२ हजार प्रतितोला भएको छ ।

आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको भाउ स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्