भट्टराईको यु टर्न : वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाएर चुनाव गरौँ



पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई ले देशको सङ्कट हल गर्न भन्दै नयाँ प्रस्ताव गरेका छन् । उनी समेतले नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने गरी तयारी गरिरहेको बेला वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार बनाउन सकिने उनको प्रस्तावलाई उनको यु टर्नको रूपमा अर्थाइएको छ

भट्टराई ले धारा ७६९२० बमोजिम सबै दलको सहभागितामा सरकार बनाउने र उक्त सरकारको नेतृत्व वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकले गर्न पर्ने बिचार व्यक्त गरेका हुन । दलका प्रमुख र पूर्व प्रधानमन्त्रीहरू निर्देशक समिति मा रहन सक्ने बताउँदै कोभिड नियन्त्रणलाई साझा कार्यक्रम बनाउन सकिने बताएका छन् ।

संयुक्त सरकारको प्रस्ताव गरेका भट्टराईले एक बर्स भित्र चुनाव गराउनु पर्ने बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्