तुलसीपुरमा भेटियो एक हजारको नक्कली नोट



सैघाली खबर
दाङ,१६ माघ

तुलसीपुरमा नक्कली रुपैयाँ भेटिएको छ । शिद्धार्थ बैंकको तुलसीपुर शाखामा नक्कली नोट भेटिएको हो । बैंकका अनुसार एक हजारको एउटा नोट भेटिएको हो ।

एक जना ग्रहाकले सोमबार बैंकमा उक्त नोट जम्मा गर्न भनी ल्याएको बेला भेटिएको बैंकका म्यानेजर सुवास कुमार पाण्डेले वताए । उनले भने ‘एक जना ग्रहाकले बैंकमा जम्मा गर्न ल्याएको बेला उक्त साही नोट भेटिएको हो ।’

च २५ ४३६१३३ नंबरको एक हजारको नोट नक्कली भेटिएको उनले बताए । म्यानेजर पाण्डेले यस्ता नक्कली नोट देखी साबधान हुन सबैलाई आग्रह पनि गरेका छन् ।

नक्कली नोटको बीचमा सेतो लेपमा लेखिएको एनआरबि स्पस्ट नभएको , काजगको गुणस्तर सामान्य हुने, कागजमा कोरिएका चित्रहरुको आकार स्पस्ट नहुँने, लालिगुराँस र सगरमाथाको चित्र नदेखिन भएकाले यस्ता नोट भेटिएमा प्रमाणितका लागि नजिकको बैंकमा देखाउन आग्रह गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्