प्रदेश समाचार

बुटवलमा थप ६ कोरोना संक्रमितको मृत्यु

By Thah Online

May 12, 2021

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको बुधबार बिहान ७ बजेर ५२ मिनेटमा र २४ गते भर्ना भएका ५७ वर्षीय पुरुषको बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। त्यसअघि मंगलबार राति ४ जनाको मृत्यु भएको थियो।

गौतमका अनुसार मंगलबार भर्ना भएका ३८ वर्षीय पुरुषको राति ११ बजे, २६ गते भर्ना भएका ३५ वर्षीय पुरुषको साँझ साढे ६ बजे, २६ गते भर्ना भएका ५२ वर्षीय पुरुषको साँझ साढे ५ बजे र २८ गते भर्ना भएका ४४ वर्षीय पुरुषको साँझ ७ बजे मृत्यु भएको हो। उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।