ओमनबाट ६ सय अक्सिजन सिलिन्डर नेपाल आउँदै



वैशाख २९, काठमाडौं । भाइरस महामारी झेलिरहेको नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट सहयोग मिल्ने क्रम जारी छ । गैरआवसिय नेपाली संघ ओमानले ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल ल्याउने भएको छ ।

नेपालमा अक्सिजन सिलिन्डरको अभाव भैरहेको बताउँदै संघले यस्तो निर्णय गरेको हो । गैरआवसिय नेपाली सोसल क्लब अध्यक्ष विकल झाले सिलिन्डरको खरिद प्रक्रिया सुरु भैसकेको बताए । सिलिन्डर खरिदका लागि ७५ लाख रुपैयाँ खर्च हुने उनले जनाए । सिलिन्डर पठाउन मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिने भएको छ ।

खरिद भएको सिलिन्डरलाई नेपाल पठाउनको लागि ओमनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने उनले वताए । ‘हामी खरिद गरेर दूतावासलाई दिन्छौं । दूतावासले नै आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाउनेछ,’ उनले भने ।

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले अक्सिजन सिलिन्डर पठाउनका लागि परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्