उपेन्द्र-बाबुरामले महन्त र राजेन्द्रलाई समर्थन गर्न तिन जना सांसदलाई अपहरण गरेको महेश बस्नेतको आरोप



वैशाख २९, काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा सांसद महेश बस्नेतले आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादबलाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नहटाइ नभएको बताएका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिई नभएको पनि टिप्पण गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बस्नेतले यस्तो बताएका हुन् ।उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुारम भट्टराईप्रति पनि गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन् । आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरु अपहरणमा परेका होइनन ?

लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ ? बस्नेतको भनाई:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्