कर्णालीका २ मन्त्रीले दिए राजीनामा, आजै नयाँ मन्त्री नियुक्ति !



सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषद् परिवर्तन गरेका छन् । यसअघि २०७४ माघमा नियुक्त हुनु भएका मन्त्रीद्वय विमला केशी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार नियुक्त हुनेमा विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकमा आर्थिका ममिला तथा योजना मन्त्री केसी र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले राजिनामा दिएका थिए ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माकाअनुसार मन्त्री नियुक्त भएको औपचारिक जानकारी केही बेरमा आउने बताए । उनकाअनुसार नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने तयारीमा मुख्यमन्त्री कार्यालय जुटेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्