कांग्रेस सांसद कृष्णचन्द्र नेपालीद्वारा मुख्यमन्त्रीमा दावी पेश



वैशाख, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका छन् ।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताए । उनले सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताए । ‘सांसदको टाउका गन्ने हाउसमा हो, त्यहाँ नै हेर्नुपर्छ’ उनले भने ।

सांसद पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्ने आशा व्यक्त गरे ।

हेर्नुस् प्रदेश प्रमुख पौडेललाई सांसद कृष्णचन्द्र नेपाली पोखरेलले दिएको पत्र

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्