टप फिचर

कर्णालीका भोलि नवनियुक्त मन्त्रीहरुको सपथ

By Thaha - Online

May 12, 2021

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री) सुर्खेतका विन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् । यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री बनेकी छिन् । नवनियुक्त मन्त्रीहरुको सपथ बिहीबार विहान ११ बजे तय गरिएको छ ।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषदको कार्यविभाजन:

१.महेन्द्रबहादुर शाही, मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालय २.नन्दसिंह बुढा, मन्त्री – उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय ३.अमरबहादुर थापा, मन्त्री – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय ४.कुर्मराज शाही, मन्त्री – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ५.विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय ६.सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय ७.गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय