नवज्योतिको १० औ वार्षिक उत्सव।।



सैघाली खबर,
तुलसीपुर १६ माघ ।

नवज्योति जनता ईगलिश बोर्डिङ स्कुल ववई ७ चरकमटियाको १० औ वार्षिक उत्सव सम्पन्न भएको छ । बिद्यालय संचालक समितिका अध्यक्ष टोप बहादुर चौधरिको अध्यक्षता , ववई गाउँ पालिका प्रमुख भुवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एव एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको बिशिष्ट आतित्थ्यतामा भएको वार्षिक उत्सव कार्यक्रममा बोल्ने बक्ताहरुले निजी बिद्यालयहरुले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको भन्दै अझै ब्यवहारिक र गुणस्तरिय शिक्षा दिने तर्फ ध्यान दिन सुझाव दिएका थिए । बक्ताहरुले सामुदायिक बिद्यालयको तुलनामा निजी बिद्यालयमा उत्कृष्ट र गुणस्तरिय शिक्षा प्रदान गरिरहेको भन्दै यसलाई बचाई राख्न समेत सुझाव दिएका थिए । ्

सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले सामुदायिक बिद्यालय र निजी बिद्यालय बिचको बिभेद अन्त्य गर्न लागि पर्ने बताउनु भयो । उहाँले निजि र सामुदायिक बिद्यालयका विचमा दुरि रहेको भन्दै यसको अन्त्य गर्दै गाउपालिकाको शैक्षिक बिकासका लागी निरन्तर लागि पर्ने बताउनु भयो । निजि बिद्यालयहरुले पछिल्लो समयमा गुणस्तरिय शिक्षा प्रदान गरिरहेको भन्दै सामुदायिक बिद्यालयमा पनी अव निजी बिद्यालयको सिको गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अव आफुले सामुदायिक बिद्यालयको शैक्षिक सुधारका लागी प्रयास गर्ने समेत बताउनु भयो । ्

त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गौतमले निजी बिद्यालयहरुलाई राज्यले उपेक्षा गरेको बताउनु भयो । राज्यको निति नियममा रहेर संचालनमा रहेका बिद्यालयहरुलाई बिभिन्न बहानामा दुख दिने र बन्द गर्ने सम्मको प्रयास हुने गरेको भन्दै आपत्ति प्रकट गर्नु भयो । गौतमले निजी बिद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्मान गर्दै अझै गुणस्तरिय र ब्यवहारिक शिक्षा प्रदान गर्नका लागी प्रेरित गर्ने खालका शैक्षिक निति बनाउन स्थानिय सरकार संग माग गर्नु भयो ।््

सो अवसरमा ववई गाउँ पालिका वडा नम्वर ६ का अध्यक्ष राम वहादुर डागि , सदस्य विनोद वलि , नागरिक समाजका कुल बहादुर घर्ति ,वेष्टर्न डेभलपमेन्ट वैक हापुरेका म्यानेजर छविलाल भण्डारि , नेकपा माओबादि केन्द्रका डिल्ली बहादुर वुढाथोकि , अभिभावकहरु गौरव राना , शोभा वुढाथोकि ,ईन्द्रा घर्ति ,बाल क्लवका सुवास राना लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा बिद्यालयको प्रगति बिवरण प्रिन्सिपल एकराज बोहराले प्रस्तुत गर्नु भएको थियो । वार्षिक उत्सवका अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता , कक्षा प्रथम , दितिय र तृतिय तथा अभिभावकहरुका बिचमा भएको लोकगित प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो । बिद्यालयका सहायक प्रिन्सिपल पुष्पा पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक नविन वलिले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्