मगर खाम भाषा तथा सस्कृतीलाई सरक्षंण गर्नु पर्ने



समिक्षा गाहा
घोराही १६ माघ।

सम्पुर्ण मगरात मगर खाम भाषीहरु एक हौ भन्ने मुल उद्येश्य सहित प्रथम जिल्ला भेला २०७४ सम्पन्न भएको छ। अठार मगरात मगर खाम तथा सस्कृती सरक्षंण बिकास मञ्चको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। आफ्नो सस्कसती भाषा भेषलाई बचाइ राख्नु पर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन।

कार्यक्रममा बोल्दै नेपाल मगर महिला सघंकी केन्द्रीय सदस्य उर्मीला कुमारी पुन मगरले एक दिन मात्र नभएर हाम्रो यो पहिचान झल्काउने भेष भुषालाई जगेर्ना गर्नका लागी सधै तत्पर रहन आग्रह गर्नु भयो। आफनो भेष भुषालाई कुनै पनि ठाउमा जादा लाज नमानी सधै लगाउन पनि आग्रह गर्नु भयो। रुकमेली खाम समाजका उपाध्यक्ष हरीलाल घती मगर्रले खाम भाषालाई बचाई राख्न र आउने पिडीहरुको लागी भएपनि सरक्षण गर्नु पर्नै जसका लागी खाम बासीहरु एक जुट हुन पर्नै बताउनु भयो।

नेपाल मगर सघंका केन्द्रीय सल्लाहकार बलीभद्र कुसारी राईले मगर खाम भाषा भेष भुषालाई महत्वपुर्णका साथ सरक्षण गर्नु पर्नै तिर समयमा नै ध्यान दिनु पन जरुरी रहेको बताउनु भयो ।साबीकको राप्तीमा ३८ प्रतिशत र दाङ जिल्लामा १८ प्रतिशत मगर हरेका छन। कार्यक्रमकी बिशिष्ट अतिथी समेत रहनु भएकी रोकाले पछिल्लो पिडीहरुमा भेष तिर ध्यान गए पनि भाषामा कठिनाई रहेको र भाषालाई पनि जोड दिनु पर्नै बताउनु भयो। पहिले र अहिलेको तुलनामा धेरै फरकपनता देखिए पछि अझ भाषा सरक्षंमा शसक्त ढङग बाट अगाडी बढ्नु पर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथी देब बहादुर रोका मगरले स्वदेश तथा बिदेश सम्म आफ्नो भाषा सरक्षण गर्नु पर्ने बताउनु भयो।

जिल्ला अध्यक्ष देब बहादुर रोका मगरको अध्यक्षता, अठार मगरात मगर खाम तथा सस्कृती सरक्षंण बिकास मञ्चकाी अध्यक्ष तथा केन्द्रिय सदस्य धनसरी रोका मगरको बिशिष्ट आतिथ्यता एबम,केन्द्रय महासचिब दयाजि रोका मगरको प्रमुख आतिथ्यतमा भएको कार्यक्रमको स्वागत मन्तब्य कर्म कुमार बुढा मगर ,कार्यक्रमको सहजीकरण अठार मगरात मगर खाम तथा सस्कृती सरक्षंण बिकास मञ्चका सचिब रामकुमार घर्तीले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्