गिरफ्तार गरेकालाई थुनामुक्त नगर्ने सर्तमा ३ बालकको सव बुझिएको हो – नगर प्रमुख



दाङ , तुलसीपुरमा बन्द भएको कारमा मृत अबस्थामा भेटिएका तीन बालकको सव परिवारले जिम्मा लिएका हुन।

गत वैशाख १६ गते घरबाट एकैसाथ सम्पर्क विहिन भएका तिन बालक तुलसीपुर ६ स्याउलीबजार पश्चिम तर्फ भित्री बस्तीमा २०७७ माघ महिनादेखि घर नजिकै पार्किङ गरि राखेको RJ0ICC0885 भारतीय नम्बरको कारमा मृत भेटिएका फेला परेका थिए ।
मृत भेटिएका बालक तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिम बहादुर परियारका ९ वर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षका छोरा करण परियार हुन् ।

लास भेटिएपछी हत्यारालाई सार्बजनिक नगरी , अपराधी पत्ता नलगाउदा सम्म आफ्ना बच्चाको सव नबुझ्ने भन्दै परिवारले अडान लिएका थिए ।
प्रहरीले ३ बालक मृत्युप्रकरणमा कार धनी र ड्राइभरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि घटनाका दोषी को हुन् त भनी सार्बजनिक भने गरेको छैन।
गत बिहिवार तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेको आयोजनामा प्रजिअ दिर्घनारायण पौडेल,जिल्ला प्रहरी प्रमुख,ईलाका प्रहरी प्रमुख,राष्ट्रिय दलित आयोगका अध्यक्ष र पिडित परिवारका बिचमा भएको छलफल र सहमति पछि मृत्यु भएको १२दिन पछि शब बुझ्ने निर्णय भएको हो ।

नगर प्रमुख घनश्याम पाण्डेले तत्काल ३ बालकको काजकिरियाको लागि नगरपालिकाबाट रु.२५ हजारका दरले तत्काल प्रती परिवार दिने र १,१ लाख कार्यपालिका बैठकबाट निर्णय गरि दिने।
घटनाका दोषीलाई कारवाही गर्न कुनै कसुर बाकी नराख्ने , मृतक परिवारका सदस्यलाई नगरपालिका मै रोजगार दिने र अन्य बालबालिकालाई प्राबिधिक शिक्षाहरु सिकाउने ,साथै परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुँदा केन्द्र सरकारलाई रु.५,५ लाखको दरले क्षतिपूर्ति दिन सिफारिस गर्ने बताए ।

आज लास भेटिएको १३ दिनमा परिवारले सव बुझी अन्तिम दाहसंस्कार गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्