बाढी पीडितको समस्या उस्तै



जनक नेपाली
दाङ । तुलसीपुर उपमहानरपालिका १३ मजघटुवाका बाढी पिडित बिचल्लीमा परेका छन् । गत साउँन २७ आएको बाढी घरवाँस बगाउँदा उनिहरु विच्चलीमा परेका हुन ।

बाढीले घर बगाएपछि आफुहरु खुल्ला चौरमै दिन काट्दै आएको बाढी पिडित नरबहादुर बिकल भनाई छ । बाढी पिडित संग खानलाई न मानो बस्नलाई न छानो केही नभएको वताउँदै धरै बाढी पिडितले अकालमै ज्यान गुमाउँने अबस्था आएको विकको भनाई छ । २०७१ साउँन २८ गते आएको बबइ गाउँमा पसेपछि तङ्ग्रीन नपाएका बाढी पिडित पनः यसैबर्षको साउँन २७ गते गाउँमा तुईखोला गाउँमा पस्दा घरखेत बगाएपछि खुल्ला आकाश मुनि रात काट्दै आएको बिकको भनाई छ । गाउँमा बाढी पसेपछि १ सय ४ घर परिवार विस्तापित भएको बताउँदै त्यस मध्य ३० घर परिवार निकै संङकटमा परेको उहाँको भनाई छ ।

बाढीले घर बगाउँदा विस्थापित बनेका सबै त्रिपाल मुनी गुजारा गर्दै आएको बिकले बताउँनुभयो । चिसोका कारण सबै भन्दा बाल बालिका र बृद्ध बृद्धाहरु समस्यामा परेका अर्का बाढी पिडित जितराम बिकले बताउँनुभयो । चिसो संगै बाढी पिडितको घर बनाउन नसक्दा निकै समस्यामा परेका बताउँदै आफुहरु चिसोले कठङ्ग्रीन बाध्य भएको बिको भनाई छ। । त्रिपालमुनी मुनि बस्दै आएका बाढी पिडितको टाउको दुख्ने, वाक्क वाक्की हुने , निमोनिया हुने , ज्वरो आउने जस्ता समस्या देखिएको बिकले जानकारी दिनुभयो ।


घर भत्काएपछि कतिपय बाढी पिडित अहिले आफन्तको घरमा बस्दै आएका छन । बाढी पिडित संग न्यानो कपडा लत्ता नहुदा पनि समस्या झेल्न पर्ने बाध्य भएको उहाँको भनाई छ। जाडो याममा आउने पाहुनालाई कता बसाउने के खुवाउने, कहाँ सुताउने ठुलो पिरलो छ उहाँले थप्नुभयो । बाढी पिडित सारा गाउँलेहरु केटा केटीलाई न्यायो बनाउँन आगो बालेर बस्छौबिकले भन्नुभयो ।

घर भत्किएको ७ महिना हुन लाग्यो अहिले सम्म सरकारले घर वनाउनका लागि कुनै पहल थालेको छैन अर्का बाढी पिडित लक्ष्मी सुनारले भन्नुभयो । सरकारले पीडितलाई दुई लाख दिन भने पनि त्यसको लागी कुनै पहल नभएको लक्ष्मीको भनाई छ । सरकारले दिने दुईखाल घर बनाउँन निकै समस्या हुने भन्दै त्यसका लागी बजेट समेत अभाव हुने देखिएको छ लक्ष्मीले भन्नुभयो ।दुई लाखले सिमेन्ट , दुंगा, गिट्टी काठ, किन्ने कि मिस्त्रीलाई ज्याला दिने यसले कसरी खर्च धान्न सकिन्छ उहाँले भन्नुभयो ।

घरभित्र रहेका सबै सम्पति बाढीले बगाएर लग्यो घर निर्माणका लागि आफुसंग कुनै स्रोतछैन घर कसरी बनाउँनु भन्नुभयो । साझ बिहानको छाँक टार्न समेत मुस्किल भएको वताउँदै घर बनाउँनु त आफना लागी ठुलै सपना बनिदिन्छ उहाँले भन्नुभयो । ।सरकारले दिने गरेको रकम पनि एक मुष्ट नभएर किस्ता किस्तामा दिन्छ, यसले झनै समस्यामा छौ । सरकारले बाढीपीडितलाई स्थायी रुपमा सुरक्षित आबासको ब्यबस्था नगर्दा सम्म बर्षेनी बाढी पिडितको समस्या हल हुन नसक्ने बताउँनुभयो । आफुहरु खोला किनारमा घर बनाएर बसेको बताउँदै उहाँले सबै स्थानियहरुलाई घर सुरक्षित स्थानमा गर्न समेत माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्