महराको पहलमा दाङका सबै नाकामा टेलिकम टावर राख्ने तयारी



 

सैघाली खबर
दाङ, १७ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल महरा एटमको पहलमा दाङ सबै नाका क्षेत्रमा नेपाल टेलिकमको टावर राख्ने तयारी भएको छ । नाका क्षेत्रका जनतालाई टेलिफोन सेवा पु¥र्याउँने उदेश्यका साथ मोवाईल टावर राख्ने तयारी भएको जानकारी दिनुभयो । त्यसका लागि नेपाल टेलिकमका म्यानेजिङ डाईरेक्टर कामीनी श्रेष्ठ, नेपाल टेलिकमको क्षेत्रिय कार्र्यालय नेपालगंज, टेलिकमको केन्द्रिय प्राविधिक टोली, नेपाल टेलिकम शाखा कार्यालय दाङको समन्वयमा जिल्लाका २२ वटै नाका क्षेत्रको सर्बे गर्ने तयारी समेत भएको नेता महराले जानकारी दिनुभयो ।

जिल्लाको पटौली,कल्याणपुर, बिषखबरी, खंग्रा, अडबडुवा, गौरिया, सुनपत्री, भौवा, भैसाई, लगाएतका २२ वटा नाकमा टावर राख्नका लागि तत्काल सर्वे सुरु हुने नेता महराको भनाई छ । नाका क्षेत्रका नागरिक टेलिफोन सेवाबाट बन्चित भएको वताउँदै उक्त क्षेत्रमा सहज रुपमा टेलिफोन सेवा पु¥याउँका लागि आफुले पहल थालेको वताउँनुभयो । अहिले पनि नाकाका क्षेत्रका सर्बसाधारण घण्टौ हिडेर भारतीय भुमिका गएर नेपालको टेलिफोन गर्न बाध्य भएको बताउँदै उक्त समस्या हल गर्नका लागि आफु निरन्तर लाग्ने वताउँनुभयो । अब छिट्टै सबै नाकामा टेलिकम टावर स्थापना गरी टेलिफोन सेवा सुचारु गर्ने बताउँनुभयो ।

 

यस्तै टोलीले तुलसीपुर उपमहानगरपालीका वडा न १९को छिल्लीकोटामा राख्ने टावरको सर्वे गरेको छ ।केन्द्रिय प्रविधिक टोलीका ईन्जिनिएर राकेश गिरी र रमेश घिमिरेको टोलीले छिल्लीकोटको सर्बे गरेको हा ।टोलीले छिल्लीकोट कालीका मन्दिरको पश्चिमभाग चुर्चुर्के डाँडा र सक्रामको पूर्व जनमुक्ति सेनाको क्याम्प देखी पुर्वतिरको डाँडा उपयुक्त रहेको प्राविधिक ईन्जिनियर रमेश घिमिरेले जानकारी दिनुभयो ।

यस्तै महराकै पहलमा घोराही उपमहानगरपालिका ६ गरुवागाँउमा टेलिकमको टावर स्थापना गरी सेवा संचालनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो । टावरमा तार तान्ने सम्पुर्णकाम पुरा भएको बताउँदै अबको एक ÷ दुई हप्तामा सेवा संचालन गरिने जानकारी दिनुभयो । त्यसका साथै एम. सान. प्रविधी मार्फत सम्पुर्ण सर्वसाधारणलाई प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यस्तै महराकै पहलमा डोल्पामा पनि टेलिफोन टावर जडान गरिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्