सैघाली खबर
दाङ, १७ माघ । दाङ व्यापारिक तथा पर्यटन एवं प्रदेश स्तरिय औद्योगिक कृषि मेला २०७४ का लागि स्टल बुकिङ खुला गरेको छ । यही फागनुु ३ देखि १३ गते सम्म संचालन हुने महोत्सबको लागि स्टल बुकिङ खुला गरेको स्टल व्यवस्थापन उपसमितिका संयोजक टंक प्रसाद पोखरेलले जानकारी दिनुभयो । महोत्सबको लागि ७ देखि २५ हजार सम्मको स्टलको व्यवस्थापन गरेको जानकारी दिनुभयो ।व्यापारिक डिलरका लागी १८ हजार, कृषि साना तथा लघु उद्यमका लागि ७ हजार अटोमोवाईल्सका लाग २५ हजार, रेष्टुरेण्टका लागि २५ हजार, विमा बैङक वित्तिय संस्था २५ हजार , सहकारी संघ संस्था १० हजार डेरी बेकरी १२ हजार , फेन्सी जनरल १८ हजार सूचना मुलक स्टल १० हजार र मदिरा प्रदर्शनका लागि मात्र १८ हजार बराबरको स्टलहरु तयारी अबस्थामा रहेको पोखरेलले जानकारी दिनुभयो । महोत्सबमा स्थानिय स्तरमा उत्पादित बस्तुहरुको प्रर्दशनीका लागी विशेष ध्यान दिने उहाँले बताउँनुभयो । महोत्सबमा २ सय ३० वटा स्टल रहने मुल आयोजक समितिका संयोजक एवं दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।