सैघाली खबर
दाङ,१७ माघ । नारायणपुरमा जारी महोत्सवमा रौनकता बढ्दै गएको छ । माघ १२ गतेदेखी सुरु भएको महोत्सवमा मंगलवार सम्म आईपुग्दा रौनकता बढेर गएको छ । महोत्सबमा छिमेकी जिल्लाबाट पनि दर्शकहरु महोत्सवमा आएको आयोजक नारायणपुर उद्योग वणिज्य संघका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक महेन्द्रकुमार दाहालले जानकारी दिनुभयो ।
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा हजारौको सहभागितामा महोत्सव दर्शकको घुईचो लागेको छ ।
मंगलवार गायीका ज्योति मगरको प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन् । ज्योतिको धमाकाले दर्शकहरुलाई झुमाएको थियो । दिउसो करिब ३ बजे स्टेच चढेकी ज्योतिले ५ बजेदेखी साढे ६ बजेसम्मद प्रस्तुति राखेकी थिईन् । ज्योतिले ‘उही मुलाको सिन्की उही मुलाको चाना, चानचुने त कहाँ होर जिम्मल बाउकी छोरी, सुर्खेत बुलबुले ताल नाचौला मादलु तालैमा, नयनमा गाजल कालै राम्रो, बबाल छ’ लगायत बोलका गीतहरु प्रस्तुत गरेकी थिईन् । उनको प्रस्तुतिमा युवादेखी बृद्धसम्म झुमेका थिए ।
आज कलाकारहरु
नारायणपुर महोत्सवका वुधवार हास्यकलाकार कमल गाँउले सहितका कलाकारहरुको प्रस्तुति रहने छ । आज गाउलेसँगै लोकदोहोरी गायक चन्द्र शर्मा, लोकदोहोरी गायीका कला लम्साल, विजय पुन, सरद समीप, टोपेन्द्र विष्ट, गोमा रिजाल, मनोज गोपाल लगायतको प्रस्तुति रहने महोत्सवमा सांस्कृतिक संयोजक अभियान बस्नेतले जानकारी दिनुभयो । साथै दंगाली कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।