परम्परागत खाद्य वस्तुको प्रचार गर्न मेला



सैघाली खबर
देउखुरी , १७ माघ

थारु समुदायको संस्कारसंग जोडिएका खाद्य पदार्थको प्रयोग चाडपर्वमा मात्रै सिमित छ । ढिक्री , घोगी , खरीया जस्ता पोसीला खानेकुराको सबै लाई जानकारी छैन । मगर समुदायको आफ्नै संस्कृती अनुसार खानपानको प्रबन्ध हुन्छ । नेवार समुदायको पनि आफ्नै संस्कृती अनुसार पोसीलो खाने कुरा बनाउने गरीन्छ ।

तर पछिल्लो समयमा बजारमा आएका आधुनिक र प्रशोधन गरीएका खाद्यय बस्तुले परम्परागत पोषणयुक्त प्रयोग लाई हटाउदै लगेको छ ।  परम्परागत संस्कृती संग जोडिएका पोषणयुक्त खाद्यबस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिन दाङको लमहीमा पहिलो पटक खाद्यमेला सञ्चालन हुदैछ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय नेपालगञ्जको आयोजना र देउखुरी उद्योग वाणिज्य संघको सहआयोजनामा खाद्य मेला सञ्चालन हुन लागेको हो । संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले मेलामा निशुल्क प्रबेश रहेको जानकारी दिनुभएको छ ।  लमहीमा आउदो फागुन ४,५ र ६ गते खाद्य मेला सञ्चालन हुने भएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्