ईलेक्ट्रिक रिक्साको अध्यक्षमा पुनः रोका



सैघाली खबर,
तुलसीपुर १७ माघ ।

अटो ईलेक्ट्रिक रिक्सा श्रमीक यातायात प्रालि तुलसीपुरको अध्यक्षमा पुनः गम्मरचन रोका चयन भएका छन् । मंगलबार तुलसीपुरमा भएको प्रालिको भेलाले पुनः रोकाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा मीना छन्त्याल, भोजराज पन्थि, होम बहादुर केसी चयन भएका छन् । त्यस्तै सचिबमा टिकाराम बुढाथोकी, कोषाध्यक्षमा चन्द्रलाल चौधरी चयन भएका छन् । त्यस्तै सदस्यमा बेद प्रकाश वली, रोमहर्ष केसी, भीमा बस्नेत, पुष्पा योगी, यदु कुमार सापकोटा, सुमन चौधरी, गिरीराज शर्मा, तिल बहादुर कार्की, तिलक बस्नेतचयन भएका छन् ।

कार्यक्रमका बक्ताहरुले अहिले अटोचालकहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको वताएका छन् । अन्य ठुला सवारीसाधनहरुको गल्तिले गर्दा दुर्घटना भएपनि अटोरिक्सालाई नै दोष आउने गरेको वताएका छन् । साथै अटो ईलेक्ट्रिक रिक्सा प्रालिले बिगत देखीनै अटो चालकको हक हितमा काम गर्दै आएको भन्दै प्रशंसा समेत गरिएको थियो । प्रालिका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षतामा कार्यक्रम भएको हो । शहरि विकास मानविय आबश्यकता, अटो र्ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालिको सुनिश्चितता भन्ने भेलाको मुख्य नारा थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्