सैघाली खबर,
दाङ १७ माघ ।
नेकपा एमाले दाङ क्षेत्रनम्वर ३ ले प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकले यही ३ दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको क्षेत्रीय सचिव अमित शर्माले जानकारी दिनुभयो ।
क्षेत्रीय संयोजक उत्तरकुमार ओलीको अध्यक्षता एवं जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी फागुण २४, २५ र २६ गते ३ दिने अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय गरिएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दंगीशरण–३ मा रहेको बेसको भवनमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिइने निर्णय भएको छ । क्षेत्रनम्वर ३ भित्रका प्रत्यक वडाबाट चार÷चार जनाको सहभागिता गराउने र एकजना महिला अनिवार्य गर्ने र निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षणमा अनिवार्य रुपमा उपस्थित बनाउने निर्णय भएको छ । बैठकको सहजीकरण क्षेत्रीय सचिव अमित शर्माले गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।