’एमाले पार्टीको बारेमा गगन थापाको यस्तो तर्क



सैघाली खबर,
रुपन्देही, १७ माघ ।–नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले एमालेको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको बताउनु भएको छ ।

नेपाली कांग्रेस बुटवल उप–महानगर समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाँले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने बताउनु भएको हो ।

माक्सवाद , लेनिनवाद र माओवादीका झण्डा खोलेर डमरु बजाउदै एमाले माओवादीहरु कांग्रेस कै बाटोमा आएको उहाँको दाबी छ । कांग्रेसले राजनीति जितेको भए पनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडी बढ्न नसक्ने बताउनुभयो ।

पार्टीलाई पुर्नजीवन दिन र पाँच वर्षपछि कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आफूहरु लागेको बताउदै नेता थापाले पुराना नेताहरुले नयाँ युगको नेतृत्व गर्न नसक्ने बपार्टी भित्रका पुराना नेताहरुले आफ्नो युगमा अब्बल नेतृत्व दिनुभयो’, गगनले भन्नुभयो, ‘अब नयाँ युग सुरु भएको छ नयाँ युगको नेतृत्व गर्न नयाँ सोचसहितको नेतृत्व आवश्यक छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्