मुख्य समाचार

असार १४ मै निर्वाचन हुन्छ ः वंली

By थाहा अनलाइन

June 11, 2017

जेष्ठ २८ , दाङ । नेकपा एमालेका अध्यक्ष आसन्न स्थानिय तहको निर्वाचन आगामी असार १४ मै सम्पन्न हुने वताएका छन । नेकपा एमाले दाङले आईतवार तुलसीपुर आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असार १४ मा निर्वाचन हुने सम्पन्न हुने वताउदै ढुक्क हुन जनताहरु लाई आग्रह गरेका हुन ।

असार १४ गते निर्धारण गरिएको स्थानिय तह दोस्रो चरणको निर्वाचनको मिति कुनै हालतमा फेरवदल नहुने वताउदै ‘ स्थानिय तहको दोस्रो चरणको निर्वाचन आगामी असार १४ मै सम्पन्न हुन्छ । ’ पटक पटक मिति सार्दै जनता लाई झुक्याउदै आईरहेकाले अव कुनै पनि हालतमा आसन्न स्थानिय तहको निर्वाचनको मित नसर्ने उनले वताए । उनले ढुक्क भएर निर्वाचनको माहोल बनाउन आम मतदाताहरुलाई अपिल समेत गरे । विदेशीको सामु घुडा टेक्ने नेपाली काँग्रेस माओवादीले पटक पटक मिति सार्दै आईरहेकाले अव त्यो नेकपा एमालेका लागि कुनै पनि हालतमा मान्ने नहुने चेतावनी दिदै भने ‘ अव तपाईहरु ढुक्क हुनुहोस् । अव कसैले पनि स्थानिय तहको निर्वाचनको मिति सार्न सक्दैन । ’ ढुक्क भएर मतदानका लागि वस्नुहोस् ।

कार्यक्रममा बोल््दै केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, नेता शंकर पोख्रेल, प्रकाश ज्वाला लगाएतले अबको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने दावी गरे । जनासभालाई सम्बोधन गर्दै नेताहरुले एकता र सद्भावबाट एमाले अघि बढ्ने बताउदै जनताको अधिकार गाउँगाउँमा पु¥याउन प्रतिबद्ध रहेको समेत राखेका थिए । कार्यक्रममा एमाले दाङका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको चुनावी सभामा अनेमा संघकी सुजिता शाक्य, केन्द्रीय सदस्य भागवत विश्वासी, शान्ता चौधरी, घोराही उपमहागरपालिकाका मेयरका प्रत्यासी नरुलाल चौधरी, तुलसीपुरका घनश्याम पाण्ड ेलगायतले सभालाई सम्वोधन गरेका थिए । नेकपा एमालेका जिल्ला उपाध्यक्ष हुकमबहादुर वस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव हिराचन्द्र केसीले गरेका थिए ।