सैघाली खबर,
काठमाडौं १७ माघ। डा। गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
डा। केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा। सुरेन्द्र भण्डारी लगायतले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् । पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन उनीहरुले माग गरेका छन् ।
डा। केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।