Banner Second

चार्टर फ्लाइटबाट काठमाडौं – जेद्धा रु ९८,५०० भाडा तोकेर न्याय गरिएको हो

By Saru Sunar

May 20, 2021

काठमाडौं । सरकारले नेपाली पनि चार्टर फ्लाइटबाट बिदेश जान पाउने निर्णय गरेपछि नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले ५० डिग्री तापक्रममा काम गर्न बिदेश जाने नेपालीप्रति धेरै भाडा तोकेर सरकारले अन्याय गरेको भन्दै गम्भीर प्रश्न गरेका छन् ।

सरकारले नेपालीलाई रोकेर भारतीयलाई बिदेश जान दिएको भन्दै व्यापक विरोध पछि आजदेखि नेपाली पनि चार्टर उडानबाट जान पाउने व्यवस्था गरेको छ । तर, चार्टर उडानको भाडा भने निकै महँगो भएको भन्दै तामाङले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै प्रश्न गरेका हुन् ।