मृगौला पिडीत लुटुप्रसाद पौडेललाई आर्थिक सहयोग गरिदिन आग्रह



अमिता चौधरी
दाङ,१७ माघ

घोराही उमहानगरपालिकाका १७ पनौराका मृगौला पिडीत लुटुप्रसाद  पौडेलले आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ । लामो समय मृगौलाको विरामी रहेको र उपचारको क्रममा आफुसंग भएको सबै रकम खर्च भएकाले उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभयो ।

गत भदौ महिना देखि दुबै मृगौलाले काम गर्न छोडेपछि उहाँले डाइलोसिस गरीरहनुभएको छ । अहिले पीडत पौडेलको बसुन्धारा ग्रिनसीटी काठमाडौँमा  उपचार गराइरहनुभएको छ । उपचारको लागि आर्थिक सहयोग गरिदिन सम्पुर्ण नागरिक उद्योग व्यापारिमा आग्रह गर्नुभएको छ ।

सहयोग गर्न चाहाने इच्छुक व्यत्तिले पीडितको श्रीमती गायत्रा पौडेलको खाता नम्वर भएको कृषि विकास बैंकमा रहेको खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह गर्नुभको छ । त्यसैगरी मोवाइल नम्वर ९८४७८२५९५५ मा पनि सम्र्पक गर्न सक्नुहुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्