विभिन्न व्यावसायी र ब्यक्तिको सहयोगमा १३० ओटा अक्सिजन सिलिन्डर जम्मा



 प्रमोद सह नि रौतहट । हाल विश्वव्यापी रूपमा फैलिरहेको नयाँ भेरिएन्टको कोरोनाले गर्दा पूरा देश नै आक्रान्त र पिडामा छन्,रोकथाम र सङ्क्रमितलाई उपचारमा सहयोग होस र कोरोना भाइरस कोभिड -१९ रोकथाम तथा नियन्त्रणको लागी टेवा पुगोस् भनेर यस कार्यालयको वडा एरिया अन्तर्गत रहेका उद्योगहरू श्री राम सुगर मलिस् लिमिटेड गरुडबाट रौतहटबाट ८२ थान,बाबा बाजुनाथ सुगर एन्ड केमिकल ईन्ड्रस्ट्रीज प्रा.लि.डुमरीया रौतहटबाट थान – २०, बाबा डिस्ट्रीलरी जिगडिया रौतहटबाट थान – ८ , त्यसै गरी विभिन्न क्रसर उद्योग,राई मलिस्,ग्यारेज,वर्कसप,मोटर पार्ट,ग्रिन उद्योगबाट १३० थान अक्सिजन सिलिन्डरहरू सङ्कलन गरी फेरि तालुक जिल्ला प्रहरी कार्यालय रौतहटमा थान ११८ (एक सय अठार), रोहा नगरपालिकामा थान ९ र राजपुर नगरपालिकामा ३ थान गरी जम्मा १३० थान अक्सिजन सिलिन्डरहरू बुझाइएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्