प्राविधिक शिक्षाका लागी महायज्ञ आजदेखि सुरु



सैघाली खबर
दाङ,१८ माघ


प्राविधिक शिक्षा संचालनका लागि दुधरासमा संचालन हुन लागेको महायज्ञ आज देखि सरु हुदैछ ।
मावि दुधरासको आयोजनामा यही आज माघ १८ देखि २४ गते सम्म महायज्ञ संचालन हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देबराज बिकले जानकारी दिनुभयो ।

कक्षा १२ सम्म पढाई सञ्चालन गर्दै आएका माबि दुधरासले डिप्लोमा तहको सिभिल ईन्जिनियरीङ पढाई सञ्चालन गर्ने योजनाका साथ महायज्ञको आयोजना गर्न थालिएको मूल समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज बिको भनाई छ ।

 

भौतिक संरचनाहरुको सुधार गर्दै प्राविधीक सँगै गुणस्तरीय शिक्षालाई प्रर्बद्धन गर्ने योजनाका साथ आयोाजना गरिने महायज्ञबाट ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको संयोजक बिकले जानकारी दिनुभयो ।

महायज्ञ आयोजक मूल समितिकाले विद्यालयको शैक्षिक उन्नतीका लागि आयोजना गर्न लागिएको महायज्ञमा दाताहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । महायज्ञ संचालनका लागि आबश्यक पर्ने मण्डब, मन्च व्यवस्थापन, स्टेज निर्माण, सचिवालय लगाएतका कार्यकक्ष निमार्णको काम पुरा भैसकेको जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्