अस्मिता क्षेत्रीको तेस्रो गीत `मु टु गालेको´ लोकगीत सार्वजनिक(भिडियो सहित)



बुटवल। पाल्पामा जन्मिएर बुटवलमा बस्दै आएकी अस्मिता क्षेत्रीको तेस्रो गीत `मु टु गालेको´ लोकगीत सार्वजनिक भएको छ।

पछिल्लो समयमा बजारमा दिन प्रति दिन नयाँ नयाँ लोक दोहोरी गीत बजारमा आइरहेका छन्। लोक सस कृती लाई मान्छेले अहिले भुल्दै गएको बेला सही कुराको जगेर्ना गर्ने उद्देश्यले `मु टु गा ठोको´ म्युजिक भिडियो योग्सना डिजिटल यु ट्युव च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ। नेपाली लोक सङ्गीतको बजारमा मौलिकता झल्कने गीतमा पुरुष आवाज श्री कृष्ण अर्यालको रहेको छ त्यस्तै महिला आवाजमा अस्मिता क्षेत्री रहेको छ भने लय गणेश अधिकारीको रहेको छ।

उक्त गीतमा शब्द प्रदीप प्रखर पोखरेलको रहेको छ भने रेन्ज विनोद बाजुरा लीको रहेको थियो। गीतको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गर्नुभएको छ भने सारिका के.सी र गणेश अधिकारी लगायतको उत्कृष्ट अभिनय देख्न पाइन्छ। अस्मिता क्षेत्रीको यो तेस्रो गीत हो।उनको पहिलो तिज गीत अनादिको चामल´ र दोस्रो लोकगीत `साँचो मायाको´ सफलता पछि अहिले मुटु गालेको´ लोकगीत बजारमा सार्वजनिक भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्