अचम्मका कुरा

१४ वर्षका याशा विश्वकै कान्छा प्रोफेसर

By Thaha - Online

May 22, 2021

एजेन्सी। सुन्दा पत्यार नलाग्ने तर सत्य कुरा थाहा पाउँदा तपाईँलाई पनि अचम्म लाग्न सक्छ। १४ वर्षका बालक विश्वविद्यालयका प्रोफेसर हुन् भन्दा पक्कै पनि विश्वास नलाग्न सक्छ। तर यो सत्य हो।

आशा नस्ले जम्मा १४ वर्षका भए। १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन्। विश्वकै कान्छा प्राध्यापकका रूपमा आफ्नो परिचय बनाइरहेका आशासँग विलक्षण प्रतिभा छ। गणित विषयमा विशेष दक्खल भएका उनी अहिले विश्वविद्यालयमा पढाउँछन्।

उनलाई मानव क्यालकुलेटरको उपमा दिइएको छ। हालै लेचेस्टर युनिभर्सिटीले भिजिटिङ प्रोफेसरको रूपमा छनोट गरेका नस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैँ पनि डिग्री पढिरहेका छन्।

१४ वर्षका किशोरको विलक्षण प्रतिभा देखेर आशालाई विश्वविद्यालयको भिजिटिङ प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषद्बाट विशेष अनुमति लिनु परेको थियो। जसका लागि विश्वविद्यालयसमेत केही समय अप्ठ्यारोमा परेको थियो।