‘गान्धीको चस्माको मूल्य ३ लाख ४० हजार अमेरिकी डलर’



भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चस्मा ३ लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट त्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रवार चस्मा बिक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,’एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैँले उक्त चस्मा दिएको भन्दै लिलामका लागि हामीलाई ४ हप्ता पहिले उपलब्ध भएको थियो ।’

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, ‘एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।’

गान्धीले पुरानो वा अनावश्यक सामान (चस्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पुर्‍याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चस्मा दिएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।

बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चस्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् २ लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ ।

लिलामकर्ता फर्मका एन्ड्र्यू स्टले सकाई न्युजसँग भने, ‘यस महिनाको सुरमा ती विक्रेताले ‘यदि चस्मा राम्रो नभएमा फ्याँक्न’ भनेका बताइएका थिए ।’

चस्माको मूल्य १५ हजार पाउन्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । ‘मैले सोचेँ मूल्य सुनेर उनले होस गुमाए,’ स्टले बताए । शिला पत्र बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्