फुलचोकीमा हराएका बालक भेटिए



सैघाली खबर
काठमाडौं,१८ माघ

फुल्चोकीमा हाइकिङ जाँदा सात दिनअघि हराएका बालक जोन तामाङ भेटिएका छन् । उनी फुल्चोकीको जंगलमा फेला परेका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । चन्दका अनुसार फुल्चोकीबाट ल्याएर हिजो साँझ बालकलाई बिएण्डबी अस्पताल पु¥याइएको छ ।

बालक सकुशल भेटिएकाले अरु विषयमा विस्तारै अनुसन्धान हुने प्रहरीले जनाएको छ । थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए ।

नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना तीनैवटा सुरक्षा निकाय तामाङको खोजीमा लागेको थियो । हुलियाका आधारमा तामाङ जस्तै व्यक्ति भेटिएको सूचनाका आधारमा अभिभावक संगठन, प्याब्सन र आफन्तले गोदावरी आसपासका गाउँमा खोजी गरेका थिए । तामाङलगायत ११ जना विद्यार्थी लिएर विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओली बिहीबार फुल्चोकी हाइकिङ गएका थिए । प्रधानाध्यापक ओली अहिले प्रहरी नियन्त्रणमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्