पिलिक–पिलिक , झ्याप–झ्याप्प’




गिरिराज नेपाली
‘यसो टिभी खोल्यो टिभी नै खुल्दैन , धारामा मोटर चलाई मोटर चल्दैन , ’ काम गर्न बस्यो कम्युटर नै खुल्दैन । गर्मिमा पंखा खोल्यो त्यो पनि क्यार..क्यार मात्रै गर्छ । हावा दिदैन । कतिवेला आउछ कतिवेला जान्छ कुनै ठेगाण छैन । २४ घण्टामा २४ सै घण्टा जाने आउने गर्छ । भनेको काम गर्नै पाईदैन । विद्युत अनियमितताले हैरानी पा¥यौ । यसको कुनै उपाय छैन ?

bidhut-ghorahi
जेष्ठ २८ दाङ । केहीदिन यता दाङमा विद्युत सेवा अनियमित हुने गरेको छ । विद्युत अनियमितता कारण स–साना घरेलु देखी ठुला–ठुला उद्योग सम्म , सेवाग्राही देखी सेवा कार्यालयहरु समेत निकै सास्ती खेप्नु परेको छ । वेला वेलामा झिपिक्क –झिपिक्कले ठुलो हैरानी खेप्नु परेको छ । झिपिक्क झिपिक्कका कारण कुटानी पिसानी देखी फ्याँस प्रिन्टर , ईमेल ईन्टरनेट सम्मका सवै कामहरु प्रभावित हुने गरेका छन । भने सेवा ग्राही ,व्यावसायी र कर्मचारीहरु सवैले वरोवरी सास्ती झेल्नु परेको छ ।
त्यस्तै घोराहीको विद्युत शाखा रोडमा पोख्रेल अफसेट प्रेसका संञ्चालक नारायण पोख्रेलले जव जव मेसिन चलाई काम सुरु गरिएको हुन्छ । त्यत्ति वेला नै झ्याप्प–झ्याप्प जान्छ । ‘ कति वेला आउला काम गरौला भनि कुरेर वस्नु पर्छ । ’ विद्युतमा फोन हान्यो कहिले फोन उठ्दैन । निकै हैरानी छ । सेवाग्राही लाई सेवा भन्दा विद्युतले सास्ती धेरै दिएको छ । उनले भने ‘महिनै पिच्छे विद्युत महसुल तिर्नु पर्छ । ’ वेलैमा नतिरे जरिवाना काट्छ कार्यालयले । तर भनेको वेला काम भएको वेलामा कहिले विद्युत हुदैन । उनले भने ’ वेलैमा नतिरे जरिवाना काट्छ कार्यालयले । तर भनेको वेला काम भएको वेलामा कहिले विद्युत हुदैन । उनले अझै थप्दै भने ‘चुनाव लागेको छ । छपाईका काम धेरै छन । चुनावी प्रचारका सामाग्रीहरु घण्टा–घण्टामा सेवाग्राही लाई वुृझाउनु पर्छ । तर विद्युत घण्टामा ४ ÷५ सम्म जान्छ । भनेको वेला काम दिन सकिएको छैन । व्यापारको समयका वेला समेत घाटा व्याहोर्नु परेको उनले दुखेसो गरे । उनले भने ‘वेलावेलाको घाटा विद्युतले हामी दिनु पर्छ । कि राज्यले वैकल्पीक उर्जाका लागि अनुदान वितरण गरी वैकल्पीक उर्जा कार्यक्रम लागु गर्नु पर्छ । उनले भने जेनेरेटर चलाई काम गरौ भने पनि थोरै लगानीले त्यो सम्भव छैन । प्रति लिटर १ सय २ रुपैयाको पेट्रोल किनेर व्यापार गर्न पनि सम्भव छैन । जे गरे पनि काम गर्ने मजदुर नै मर्कामा परेका छौ । यसको जवाफ देहिता तर्फ कुनै पक्ष पनि जिम्मेवार छैनन भन्दै उनले दुखेसो पोखे ।

त्यस्तै यो समस्या व्यापार व्यावसाय , कर्मचारी , कार्यालयहरु लाई मात्रै होईन । जिल्ला वाहिर वाट कोठाभाँडामा वसी पढ्न वसेका विद्यार्थीहरु लाई अझै ठुलो माड्मा परेका छन । रुकुम घर भई हाल घोराहीमा अध्ययन गर्दै वसोवास गर्दै आईरहेका परिचन्द्र खत्रीले भने ‘जव गृहकार्य गर्न वस्यौ । तव वत्ति भ्याप्प जान्छ । अझै त्यसैमा यो जेठको गर्मिले रात भरी न सुत्नै सकिन्छ । विहान अनिदै भए पनि स्कुल जानै पर्छ । स्कुल गयौ वत्तिको समस्या देखाउनु पर्छ । विद्युत अनियमितका कारण विद्यार्थीहरुले ठुलो समस्या झेल्नु परेको उनले वताए । अझै भने ‘एउटा घरमा दर्जनौ परिवार वसोवास छ । त्यो मध्येको घरमा म पनि एक हो । वत्ति वाल्यो जुईजुई … वल्छ । त्यही मधुरो पनि नियमित भए केही राहात हुने थियो । तर त्यही पनि छैन । झ्याप –झ्याप जान्छ । अध्यारो मैनवत्ति वालेर वस्नु र पढ्नु पर्ने वाध्यता छ ।
तर विद्युत कार्यालय घोराहीले भने दाङमा ओभर लोडका कारण विद्युत खपतमा समस्या भएको जनाएको छ । विद्यतु प्राधिकरण घोराहीका निमित्त प्रमुख एंव ईन्जीनियर प्रमोद कुमार सिंहले आवश्यक्ता भन्दा वढि विद्युत खपत हुने गरेकाले विद्युत अनियमिताको समस्या देखिएको वताए । उनले भने ‘३३ केभी सिङगल फेस प्रसारण लाईन वाट ५२ एमभिए विद्युत खपत गर्नु पर्छ । जुन प्रसारण लाई क्षमता भन्दा दोव्वरले वढि हुन्छ । ३४ वर्ष पुरानो ३३ केभी प्रसारण लाईनले जिल्लाभर नै पु¥याउनु पर्ने भएकाले यस्तो समस्या देखिएको छ । तर डलव फेस प्रसारण लाईन जडान गरेमा यो समस्या समाधान हुने उनले वताए । तर दाङमा हिजो आज आधिकारीक लोड सेडिङ तालिका नभएको जानकारी दिदै उनले भने ‘हामी लाई नै थाहा हुदैन वत्ति कतिवेला जाने हो र कति वेला आउने हो । ’ आधिकारिक समय तालिका नहुदा पनि ग्राहकहरुले समस्या झेल्नु परेको उनले वताए । उनले भने लक्ष्मीपुरको झिङनीमा सप–प्रसारण लाईनको स्टेशन निर्माणाधिन अवस्थामा छ । तर अवको केही महिनामा यो समस्याको समाधान हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्