तुलसीपुरका अटोचालक आन्दोलित



 

सैघाली खबर,
तुलसीपुर १८ माघ

उचित पार्किङको माग गर्दै तुलसीपुरका अटोचालकहरु आन्दोलित बनेका छन् । उनीहरुले उचित पार्किङ नहुँदा जहाँ पायो त्यही पार्किङ गर्नुपर्ने बाध्यता रहेको भन्दै उचित पार्किङको व्यबस्थापन गर्न मा गरेका छन् । उनीहरुले बुधबार दिनभर तुलसीपुर उपमहानगरपालिकामा धर्ना दिएका छन् । जहाँपायो त्यही पार्किङ गर्दा प्रशासनले आफुहरुलाई दुःख दिने गरेको भन्दै सम्पुर्ण अटोचालकहरु आन्दोलित बनेको अटो ईलेक्ट्रिक रिक्सा श्रमिक यातायात प्रालिका उपाध्यक्ष भोजराज पन्थीले वताए ।

अहिले बसपार्क तथा बिरेन्द्र चोकबाट यात्रु चढाउने र ओराल्ने गर्दा प्रशासनले चाबि खोस्दिने , धम्कि दिने गरेको अटोचालकहरुको गुनासो छ । उनीहरुले लाखौ खर्चेर अटो किनेर व्यबसाय गरेपनि राज्यले स्वच्छ रुपमा व्यबसाय गर्न नदिएको गुनासो गरेका छन् ।

साथै आँखा अस्पताल आस्पासबाट पनि यात्रुहरुलाई बोक्न नदिने गरेको गुुनासो उनीहरुको छ ।

साथै उनीाहरुले सडक अबरुद्ध नहुँने गरी जेब्रा क्रसिङ भन्दा बाहिर पार्किङ गर्न पाउनु पर्ने, बजारका कुनै पनि ठाउबाट याुत्र चढाउन र ओराल्न पाउँनुपर्ने, स्थानीय प्रशसनले अटोचालकहरुलाई सम्मान जनक व्यबहार गर्नुपर्नेलगायतका माग राखेका छन् । यी माग सम्बोधन नभए आफुहरु आन्दोलनलाई ससक्त बनाउने समेत उनीहरुको चेतावनी छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्