स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित



सैघाली खबर,
काठमाडौँ १८ माघ। स्थानीय निर्वाचनमा २२ प्रतिशत दलित समुदायको प्रतिनिधित्व छ । पत्रकार सम्मेलनमा जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर विश्वकर्माले ७५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधिमध्ये सात हजार ७३७ जना दलित प्रतिनिधि रहेको जानकारी दिए।

स्थानीय तहमा सो समुदायको अर्थपूर्ण पदमा हुन नसकेको सेन्टरले जनाएको छ । उक्त प्रतिनिधित्वले राजनीतिक स्थान सिर्जना गरेको तर समावेशीकरणलाई समेट्न नसकेको बताइएको छ ।

अध्यक्ष विश्वकर्माले निर्वाचित दलित तथा अल्पसंख्यक समुदायका प्रतिनिधिले स्थानीय सरकारमा प्रभावकारी भूमिका खेल्नका लागि राज्य र अन्य सहयोगी निकायको पहल आवश्यक रहेको बताए ।

सेन्टरले हालै नवलपरासी, रुपन्देही र कपिलवस्तुलाई नमूना जिल्ला मानेर उनीहरुको प्रतिनिधित्वको सन्दर्भमा गरेको अनुसन्धानबाट उनीहरुको निर्णायक भूमिका कायम हुन नसकेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्