रुकुम पूर्वको जनजीवन प्रभावित



सैघाली खबर,
रुकुम, १८ माघ ।– सदरमुकाम सार्ने निर्णय गरिएपछिको आन्दोलनका कारण रुकुम पूर्वको जनजीवन प्रभावित भएको छ ।

रुकुमको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको सदरमुकाम सरकारले पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सिस्ने गाउँपालिकाका वासीन्दाले आठ दिनदेखि बन्द गरेर विरोध गरिरहेका छन् ।

उनीहरुले सरकारी कार्यालयमा तालाबन्दी गरेर दैनिक घेराउ गरिरहेका छन् । मन्त्रिपरिषद्को निर्णय नसच्याइएसम्म रुकुम पूर्वमा बन्द कायमै राख्ने उनीहरुले बताएका छन् । गएको असोज २० गतेदेखि कान्छो जिल्लाका रुपमा रुकुम पूर्वले छुट्टै जिल्लाको रुपमा कामकाज गर्न थालेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्