सैघाली खबर,
काठमाडौं, १८ माघ। –एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । बैठक, दिउँसो ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु हुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा समितिका सदस्यहरुसहित एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि हुनुहुनेछ । बैठकमा पार्टी एकताका विषयमा अहिलेसम्म भएका छलफल र प्रगतिबारे कुराकानी हुनेछ । सरकार गठन र पार्टी एकताको प्रक्रिया, पद बाँडफाँडलगायतका विषयमा समितिका साथै दुवै दलका अध्यक्षहरुले मात्रै पनि छलफललाई तीव्रता दिएका छन् ।
सरकार गठन र पार्टी एकताको काम सँगसँगै अघि बढाउने वा सरकार गठन पछि मात्र पार्टी एकतामा केन्द्रीत हुनेलगायत विभिन्न विकल्पमा छलफल भइरहेको नेताहरुले बताउँदै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।