Banner Second

नेपाल युट्युब पत्रकार सङ्घको काम प्रशंसनीय- ऋषि धमला 

By Thah Online

May 24, 2021

कमल जिसी , काठमाडौँ । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै जान थाले पश्चात् देशभर सङ्कटको स्थिति पैदा भैरेका बेला नेपाल युट्युब पत्रकार सङ्घले खुवाउँदै आइरहेको भोजन सहयोगमा पत्रकार ऋषि धमलाले सडकमा आएर प्रशंसनीय काम भएको बताएका छन्। निरन्तर रूपमा खाना खुवाउँदै आइरहेको नेपाल युट्युब सङ्घको तेह्रौँ दिनमा धमलाले नेपालीले गर्न चाहे सबै सक्छ सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

कोभिड १९ ले देशभर सङ्कट उत्पन्न गराए सँगै मजदुर वर्ग , बालबालिका तथा काम गरी खाने मानिसहरूलाई यति बेला निकै समस्या भएकाले सङ्घले एक छाक भए पनि सडकमा खाना बाँड्न थालेको हो। करिब दैनिक २०० को हाराहारीमा मानिसहरू त्यहाँ खानाको निम्ति आउने गरेका छन्। विभिन्न व्यक्तिहरूलाई खाना खुवाउन सुरु गर्दै पत्रकार धमलाले जस्तो सुकै अवस्थामा पनि आफू सहयोग गर्न तयार रहेको र राज्यका हरेक नागरिकको समस्या मा सबैलाई साथ दिन सबैलाई अपिल समेत गरेका छन्।