पाँचदिन देखि मृत फेला परेका व्यक्तिको अझै पहिचान खुलेन



सैघाली खबर,
माघ १८, दाङ । एकजना व्यक्तिको शव पाँचदिन देखि लमही अस्पतालको सव गृहमा रहेपनि हालसम्म मृतकको पहिचान हुन सकेको छैन ।माघ १४ गते विहान भालुवाङको हाम्रो होटेल नजकै मृत अवस्थामा फेला परेका अन्दाजी ५५ वर्षजतिको पुरुष व्यक्तिको पहिचान खुल्न नसक्दा समस्या भएको ईलका प्रहरी कार्यालय भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

कालो ज्याकेट, कालो पाइन्ट, कालै जुत्ता लगाएका ति व्यक्तिलाई पूर्ववाट आउने वसले माघ १४ गते विहान साढे ५ बजेतिर भालुवाङको हाम्रो होटेलको गेट अगाडि झारेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

मृतकका आँखा पँहेलो देखिएको हुँदा ति व्यक्ति जेन्डिसको विरामी थिए कि भन्ने आशंका गरिएको खड्काले बताए । ‘होटेलको सिढीको आडमा अडेस लागेर बसेकै अवस्थामा ति व्यक्ति मृत फेला परेका थिए।’ प्रमुख खड्काले भने ।

मृतकको साथवाट एउटा मोवाईपनि फेला परेको र उक्त मोवाईलमा रहेका नम्वर डायर गर्दा फोन रसुवाको व्यक्तिले उठाउने गरेको र उनीहरुले मृतक व्यक्ति रोल्पा निवासी भएको हुँदा आफुहरुले बसमा चढाएर उतै पठाइदिएको भन्ने जवाफ दिएको प्रहरी निरिक्षक खड्काले बताए । प्रहरीले मृतकको वारेमा खवर सम्प्रेशन गरेर सहयोग गरिदिन र आफन्तिलाई पहिचान गरि सव लैजानका लागि अनुरोध गरिदिन आग्रह समेत गरका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्