समाचार सकंलनका लागी पुगेका पत्रकार माथी दुव्र्यवहार



सैघाली खबर,

घोराही १८ माघ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा समचार सकंलनका लागी पुगेका पत्रकार रेडियो प्रकृतीका सम्पादक तथा जनता टेलिभिजनका सम्वाददाता गणेश आचार्यलाई दुव्र्यवहार भएको भन्दै नेपाल पत्रकार महासघंले गम्भीर ध्यानकार्षण भएको जनाएको छ। । योग्यता नपुगेका स्वास्थ्यकर्मी बारे समाचार संकलनका लागि गएका पत्रकार आचार्यलाई
राप्ती अञ्चल अस्पतालका अधिकृत नीमबहादुर वलीले दुर्व्यवहार गरेका हुन् ।

समाचार लेखेर अपस्ताल बिगारेको आरोप लगाउँदै अधिकृत वलीले पत्रकारको क्यामेरा खोसेर कार्यकक्षबाट बाहिर निकालेका थिए ।

राप्ती अञ्चल अस्पतालको एक्सरे बिभागमा योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत रहेको सार्वजनिक भएको थियो । त्यस बारेमा सूचना माग्न जाँदा वलीले दुर्व्यवहार गरेका हुन् ।महासघं दाङ शाखा अध्यक्ष सबिन प्रियासन र सचिब भुपेन्द्र वलीले बिज्ञप्ती मार्फत आर्चाय प्रति भएको दुब्र्यवहारको बिरोध गरेका छन। र दोषीलाई कार्बहीको माग गरीएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्