सर्वोच्च अदालतलको आदेश पूर्वी रुकुमको सदरमुकाम नसार्ने



सैघाली खबर,

काठमाडौं १८ माघं । सर्वोच्च अदालतले पूर्वी रुकुमको सदरमुकाम सार्ने सरकारको निर्णय तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बिहीबार न्यायाधीश दिपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय तत्काललाई कार्यान्यन नगर्न अन्तरिम आदेश दिएको हो। शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकारले ११ माघमा पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिकाबाट उत्तरगंगा गाउँपालिकामा सार्ने निर्णय गरेको थियो । सदरमुकाम सार्नै निर्णय भएलगत्तै गरेपछि स्थानीवासी आन्दोलित भएका थिए।

कमचलाउ हैसियतमा रहेको सरकारको यो निर्णय खारेजिको माग गर्दै अधिवक्ता गणेश हमालसहित तीन जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्