प्राविधिक शिक्षाका लागि दुधरासमा महायज्ञ सुरु



बर्तमान शिक्षा प्रणाली बेरोगार उत्पादन गर्ने भट्टी बन्यो

 

सैघाली खबर
दाङ १८ माघ । प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यका साथ माबि दुधरासमा श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु गरेको छ । महायज्ञको ५ नं. प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले उद्घाटन गर्नु भएको हो । बिहीबार बाट सुरु भएको महायज्ञ माघ २४ गते सम्म संचालन हुने आयोजक पक्षले जानकारी दिएको छ ।


महायज्ञको उद्घाटन गर्दै प्रदेश सभा सदस्य डाँगीले मुलुकमा वढ्दै गएको शैक्षिक बेरोजगारी अन्त्यको लागि प्राविधिक शिक्षाको आबश्यकता रहेको वताउँनुभयो ।वर्तमान शिक्षा प्रणाली बेरोगार उत्पादन गर्ने भट्टी केन्द्र बनेको बताउँदै त्यसको अन्त्य गर्नका लागी महायज्ञले भुमिका निर्वाह गर्ने बताउँनुभयो । सीप र श्रमलाई सम्मान र मुल्य दिन नसक्दा मुलुक समृद्ध बन्न नसकेको भनाई ब्यक्त गर्दै प्रमुख अतिथी डाँगीले ‘ प्राविधिक भनेकै सीप र श्रमको शिक्षाको हो, जसलाई समाजले पचाउन सक्नुपर्छ । घर बनाउने देखी हवाई जहाज उडाउने सम्मको शिक्षा प्रणाली बर्तमान समयमा आबश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि सबैले सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी ५ नं. प्रदेश सभा सदस्य उत्तर कुमार ओलीले प्राविधिक शिक्षाको विकास गर्न सके आर्थिक बिकासले पड्को मार्ने बताउँनुभयो ।जसको शुरुवात मावि दुधरासले वाटै शुरु गरिनुपर्ने बताउँदै प्राविधिक शिक्षाका लागि अब बन्ने प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्दै सरकारी लगानीको वातावरण तयार पर्ने बताउँनुभयो ।


तुलसीपुर उपमहानगरपालिकाका प्रमुख धनश्याम पाण्डेले तुलसीपुर क्षेत्रलाई प्राविधिक शिक्षाको नमुना योग्य केन्द्रका रुपमा मावि दुधरासको विकास गर्ने बताउँनुभयो ।तुलसीपुर उपमहानगरपालिका भित्रमा मावि तह देखी माथिका हरेक विद्यालयहरुका लागि सहयोग गर्ने बताउँनुभयो ।पाण्डेले प्राविधिक शिक्षा संचालनका लागि रकम पनि विनियोजन गरेको बताउनुभयो । तुलसीपुर नगरमा ‘मेट्रो कलेज ’ निर्माण उद्देश्यका तुलसीपुर हरिपौडीमा प्राविधिक शिक्षालयको सम्भाव्यता अध्ययन गरिएको पनि उहाँले बताउनुभयो ।

हजारौको सहभागितामा शोभायात्रा

महायज्ञको उद्घाटन हुन अघि हजारौको सहभागितामा शोभायात्रा निकालिएको थियो । स्कुल प्राङ्गणबाट वाजागाँजा निस्किएको शोभायात्रा दुधरास,फोर्टिनाईन,झिंगै, बेलझण्डी हुदै पनः स्कुल मै पुगेर सभामा परिणत भएको थियो । त्यसका साथै विभिन्न जातीय भेषाभुषा सहितको कला संस्कृतिहरु पनि प्रर्दशन गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख वाचक दीनबन्धु पोख्रेलले गरिवीका अन्त्य गर्नका लागि प्राविधिक शिक्षाको आबश्यकता रहेको वताउँनुभयो

उहाँले प्राविधिक शिक्षा संगै संस्कारिक शिक्षा , आध्यात्मिक शिक्षाको पनि विकास गर्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुम माया आचार्य, बबई गाउँपालिका उपप्रमुख सावित्रा विक, नेकपा एमाले कार्यवहाक अध्यक्ष हुकुम वस्नेत , नेपाली काँग्रेसका हिम बहादुर डाँगी, राष्ट्रिय जनमुक्तिका रविन्द्र उच्च नेपाली र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलक बहादुर डाँगी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

महायज्ञको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ आयोजक मुल समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षता सम्पन भउको थियो । महायज्ञ मुल आयोजक समितिका सह–संयोजक डिल्ली वहादुर डाँगीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण गेहराज पौडेलले गर्नुभयो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्