सामुदायिक र नागरिक दायित्वप्रति जबाफदेही हुन दलहरूलाई फेकोफनको आग्रह



काठमाडौँ।
सामुदायिक वन उपभोक्ता महासङ्घले अहिलेको विषम परिस्थितिमा सामुदायिक र नागरिकप्रतिको दायित्व पूरा गर्ने काममा अग्रसर हुन राजनीतिक दलहरूलाई हार्दिक आव्हान गरेको छ ।

देशभरका सामुदायिक वन उपभोक्ता समूहहरूको छाता सङ्गठन फेकफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले एक विज्ञप्ति जारी गरी कोभिड महामारी नियन्त्रणमा सहकार्य गर्न पनि अपिल गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ- “नेपाली जनताले गरेका बलीदानी पूर्ण जनआन्दोलन र राजनीतिक दल एवं नागरिक समाजको योगदानबाट प्राप्त नेपालको संविधानले आपसी सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छ । त्यसैले आपसी सहिष्णुता, सद भाव र समृद्धिका लागि राजनीतिक दलहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

विगत केही समयदेखि विभिन्न राजनीतिक दलहरूमा समान राजनीतिक विचारधारा र दर्शनमा प्रतिबद्ध नेतृत्व तहबिच नै आपसी सहिष्णुता र सद्भाव कायम हुन नसकी राजनीतिक अस्थिरताको सिर्जना भएको र यसबाट नेपालको संविधानले परिलक्षित गरेको समृद्धिको मार्ग अवरुद्ध हुन सक्ने अवस्था सृजना भएको उल्लेख गर्दै महासङ्घले भनेको छ- यसप्रति हामी समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन गर्ने स्थानीय समुदायहरू र यस सम्बद्ध नागरिक समाजहरूको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ ।”

नेपालको राजनीतिक दल सम्बन्धी कानुनले राजनीतिक दलहरूलाई मुलुकको विकासको योजना जनसमक्ष ल्याउने, समृद्धिमा योगदान गर्ने, राजनीतिक संस्कारको विकासका लागि उत्प्रेरक प्रतिनिधिको रूपमा काम गर्ने, समन्वयात्मक र सहमतीय संस्कृतिको विकास गर्ने, सद्भाव र एकता कायम गर्ने, लोकतान्त्रिक अभ्यासको प्रवर्द्धन गर्ने, शान्ति र अहिंसालाई उत्प्रेरित गर्नुपर्ने जस्ता दायित्व र कर्तव्यहरू निर्धारण गरेकोले पनि सबै दलको नेतृत्व तहलाई विवाद सिर्जना गर्ने काममा नलागी दलीय दायित्वप्रति प्रतिबद्ध रहन आग्रह गरिएको छ ।

विश्व भरी नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ का कारण नेपालमा पनि जनताहरू अ क्रान्त भइरहेको अवस्थामा प्रभावित जनसमुदायले महामारीबाट मुक्तिका लागि राजनीतिक दल र यसका नेतृत्व तह बिच एकता, शान्ति, सद्भाव, सहिष्णुता, सहमति, समन्वय र सहकार्यको अपेक्षा गरेका महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले महामारीका समयमा राजनीतिक दल र यसका नेतृत्व तह बिच एकता र सहकार्य एक अपरिहार्य आवश्यकता भएको र दलहरूले जनतामा नैरा श्यता आउन नदिई आत्मबल बढाउन र तत्काल प्रभावकारी औषधी उपचार र खोपको व्यवस्था गर्नुपर्नेमा जोड्दिएको छ ।

दलहरूमा रहेका जिम्मेवार नेतृत्व तहबिच निरन्तर रूपमा भइरहने निरर्थक र स्वार्थ केन्द्रित आन्तरिक द्वन्द्व, विवाद, नागरिक दायित्वप्रतिको विचलन र असहिष्णुता जस्ता कार्यहरूले राष्ट्रिय स्तरदेखि जनसमुदाय स्तरसम्म पनि द्वन्द्व, विवाद, असहिष्णुता र सामाजिक सद्भाव बिथोलिने जस्ता कार्यहरू भई यसले नागरिकमा नैरा स्यता एवं समाज र समग्र राज्यमा समेत गम्भीर समस्या सृजना गर्ने हुँदा दलहरूको नेतृत्व तहले आपसी स्वार्थ केन्द्रित निरर्थक द्वन्द्व तथा विवाद अविलम्ब परित्याग गरी नेपालको संविधान र कानुनले प्रदान गरेको दायित्व निर्वाह गर्ने गरी एकताबद्ध रूपमा अगाडि बढ्न लागि हार्दिक आव्हान गर्दछौँ ।-अध्यक्ष पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्थानीय समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन गर्ने स्थानीय समुदाय र यस सम्बद्ध नागरिक समाजले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको जनआन्दोलन, नयाँ संविधानको तर्जुमा र कार्यान्वयन, आवधिक निर्वाचन र राज्यका नीति तथा कानुन र योजनाहरूको प्रभावकारी कार्यान्वयनमा सबै राजनीतिक दलहरूसँग निरन्तर रूपमा समन्वय र सहकार्य गर्दै आएको स्मरण गर्दै महासङ्घले सबै दलका नेतृत्व तहहरूलाई आपसी स्वार्थ केन्द्रित निरर्थक द्वन्द्व तथा विवादहरूलाई अविलम्ब रूपमा परित्याग गरी संवैधानिक, नागरिक र सामाजिक तथा सामुदायिक दायित्वप्रति जबाफदेही हुनका लागि हार्दिक आव्हान समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्