पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



सैघाली खबर
काठमाडौं,१९ माघ

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी, हवाई इन्धनको मूल्य पाँच रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्