Outlaw's hands locked in handcuffs isolated on black

अपराध

नक्कली विवाह दर्ता गराइदिएको आरोपमा सुर्खेतका वडाध्यक्ष चन्द पक्राउ

By Thaha - Online

May 28, 2021

सुर्खेत। नक्कली विवाह दर्ता गराइदिएको आरोपमा सुर्खेतका एकजा वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। चिङ्गाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अम्मर बहादुर चन्द पक्राउ परेका हुन्।

उनलाई नक्कली बिवाह दर्ता गरेको अभियोगमा अदालतको आदेशमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अवलचिङ्गका प्रमुख सई टेक बहादुर पालले जनाकारी दिए। यसअघि अदालतले वडाध्यक्षले अदालतमा हाजिर गराउन आदेश दिएसङै उनी लुक्दै हिँडेका थिए। चन्दलाई सुर्खेत जिल्ला र जाजरकोट जिल्लाको सिमानाबाट पक्राउ गरिएको सई पालले जनाए।

वडाध्यक्ष चन्दले बसाइसराइ गरेर अन्तै गइसकेको व्यक्तिलाई नक्कली विवाह दर्ता गराइदिएको आरोपमा यसअघि नै उजुरी परेको थियो। सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएका ५७ वर्षीय भीमबहादुर बुढाको चिङ्गाड गाउँपालिका–४ का वडाध्यक्षको सिफारिसमा दोस्रो विवाह दर्ता गरिएको हो।

बहुविवाह गरेका बुढाले श्रीमती तिलसरी वली (गुर्भा कोट नगरपालिका वडा नं. १) संग विवाह गरेको भन्दै २०७६ माघ ४ गते नक्कली विवाह दर्ता गराएका थिए। उनले कान्छी श्रीमतीसँग ०७४ भदौ १९ गते विवाह भएको भन्दै विवाह दर्तामा उल्लेख गरिएको छ। तर सो विवाह दर्ता वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा छैन। बिहे दर्ता प्रमाणपत्रमा दर्ता नम्बर १५६ उल्लेख गरिएको छ । तर वडा कार्यालयको रजिस्ट्रारको अभिलेखमा भने ०७६ सालमा १ सय १३ वटा मात्र भएको देखिएको छ।

बुढाले यसअघि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा पहिलो श्रीमती गीता कुमारी बिसीसँग ०७१ साल जेठ ६ गते विवाह दर्ता गराएका थिए। पहिलो श्रीमतीसँग सामाजिक परम्परा अनुसार २०५८ साल मङ्सिर १२ गते मागी विवाह भएको हो। जेठी श्रीमती गीताले जिल्ला प्रहरी कार्यालयमा बहुविवाह मुद्दा हालेपछि बिसीसँगै कान्छी श्रीमती अहिले जेल चलान भई सकेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

पञ्जी करणमा वडाध्यक्षको सिफारिस चल्ने भएकाले वडाध्यक्ष माथि अनुसन्धान गर्नुपर्ने भएकाले अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको डिएसपी घर्तीको भनाई छ। जेठी श्रीमती गीताले नक्कली विवाह दर्ता गर्न चिङ्गाड गाउँपालिका ४ का वडाध्यक्ष अम्मरबहादुर चन्दको मिलेमतो रहेको आरोप लगाएर उजुरी गरेकी थिइन्।