प्रतिबद्धता पूरा गर्न भारतलाई घचघच्याउु



सैघाली खबर,

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएका बेला भारतले गरेका पुराना प्रतिबद्धता पूरा गर्न घचघच्याउन नसकेको जानकारहरूले बताएका छन्।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय सहयोगको शीघ्र परिचालन, पञ्चेश्वर र अरुण तेस्रो जलविद्युत आयोजना, हुलाकी मार्ग लगायतका प्रतिबद्धताको कार्यान्वयनमा नेपाली पक्षले झकझकाउन नसकेको उनीहरूले बताए।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण राजनीतिक मुद्दामा केन्द्रित देखिएको छ।

विगतमा यस्ता राजनीतिक भ्रमणका बेला विभिन्न आयोजना अघि बढाउने सहमति हुने गरेका थिए।

ओली(स्वराज वार्तामा दुई देशको सम्बन्धबारे चर्चा

पुराना प्रतिबद्धता
अड्केर बसेका केही महत्त्वपूर्ण आयोजनालाई गति दिने अवसर स्वराजको भ्रमणले प्रदान गरे पनि देशको राजनीतिक अवस्थाका कारण यसको लाभ नेपालले लिन नसक्ने बताउँछन् पूर्व सचिव द्वारिकानाथ ढुङ्गेल।

उनले भने, तिमी प्रतिबद्धता गर्दै जाने तर कार्यान्वयन नगर्ने किन गर्छौरु विभिन्न समयमा भएको संयुक्त वक्तव्यहरू छन्, अहिले तिमी किन झमेला गरिरहेका छौरु जस्ता कुरा भन्न सकिन्छ।ू

उनले थपे, पराष्ट्र मन्त्रालयले केपी ओलीजीलाई अब बन्ने प्रधानमन्त्रीको रुपमा ९यी विषयमा०अवगत गराएको छैन अनि ‌ओलीजीले राजनीति बाहेक अन्य के कुरा गर्ने हुनु भयो तरुू

परियोजनाहरूबारे बेग्लै कुरा गर्ने हो अहिले राजनीति भनेर उनीहरूले भन्छन् भने नेपालले केही गर्न सक्ने भएन
सूर्यनाथ उपाध्याय, पूर्व प्रशासक
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला दुई देशका प्रधानमन्त्रीहरूले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन एक महिनाभित्र तयार पार्ने उल्लेख भएको संयुक्त विज्ञप्ति जारी गरेका थिए।

त्यसयता त्यसका लागि दुईपटक दुई देशका उच्च पदाधिकारीहरूको बैठक बसिसकेको छ तर तल्लो शारदा व्यारेजको पानी बाँडफाँटको विषयमा भारतीय पक्षसँग कुरा अड्किएको उर्जा मन्त्रालयले जनाएको छ।

ओझेल
भारत तयार नहुँदासम्म नेपालले त्यस्ता विषय अघि बढाउन नसक्ने अर्का जानकार सूर्यनाथ उपाध्यायले बताए।

उनले भने, उनीहरू त्यो कुरा गर्न चाहँदैनन्, परियोजनाहरूबारे बेग्लै कुरा गर्ने हो अहिले राजनीति भनेर उनीहरूले भन्छन् भने नेपालले केही गर्न सक्ने भएन।

स्वराजको भ्रमणबारे कामचलाउ सरकारले उचित तयारी गर्न नसकेको र यसलाई राजनीतिक भ्रमणमा मात्र केन्द्रित राख्न खोजिएको कारण ती विषयहरू ओझेलमा परेको देखिन्छ। bbc

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्