टप फिचर

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन चार मन्त्री थपिए

By Thaha - Online

May 28, 2021

कैलाली सुदूरपश्चिम प्रदेश सरकारले मण्डल विस्तार गरेको छ। मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारको मन्त्री मण्डल विस्तार गरिएको हो। शुक्रवार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराएका हुन्।

त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

तत्कालीन नेकपा विवादपछि मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई पदमुक्त गरेका थिए। भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका थिए। मुख्यमन्त्री भट्टले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका थिए। भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनसमेत रहेका प्रकाश शाहलाई दिएका थिए।