पशुपति र भुमिकाले नचाए दर्शकलाई (भिडीयो सहित हेर्नुहोस)



सैघाली खबर,
दाङ १९ माघ।
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ मा विहीवार चर्चीत गायक पशुपति शर्मा र भूमीका गिरीले उत्कृष्ट प्रस्तुति राख्दै दर्शकहरुलाई मनोरञ्जनद प्रर्दान गरेका छन् । महोत्सवको सातौँ दिन विहीवार कलाकारहरु पशुपति शर्मा र भूमीका गिरीको उत्कृष्ट प्रस्तुतिमा दर्शकहरु झुमेका थिए ।लोकदोहोरी क्षेत्रका लोकप्रीय एवं उत्कृष्ट गायक पशुपति शर्माले आफ्ना धेरै गित हरु गाएर दर्शकलाई मनोरञ्जन प्रदाृन गरेका थिए।

पशुपतिले ‘मलाई अमेरिका यही, मलाई वेलायत नि यही, झमझम दर्कियो पानी रुझायो छाताले छेकेन, रोधीमा मै आउने थिएन रोधीकी मायालाई मैयालाई देखेर, मेरो माया बसेको ठाँउमा बत्ति बाल्नै पर्दैन त्यो ठाँउमा’ बोलका गीतहरु प्रस्तुत गरेका थिए । यस्तै लोकदोहोरी गायीका भूमीका गिरीको प्रस्तुतिमा पनि दर्शकहरु झुमेका थिए । गिरीले दाङ एवं राप्तीको हिचान झल्काउने ‘हेर्ने ठाँउ धेरै छन् हजार, घुमौला नि नारायणपुर बजार’ बोलको गीत प्रस्तुत गरेकी थिईन् ।

https://www.youtube.com/watch?v=Pu-NHBEwH0I&feature=share

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्